बलात्कारको घटना ढाकछोप प्रयास
सुर्खेत । बलात्कार उद्योग आरोप लागेका दुल्लू नगरपालिक –५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेललाई जोगाउन आफूहरुलाई दवाव दिइएको पीडित पक्षले गुनासो गरेको छ ।
भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार कोशिस गरेपछि पीडित महिलाले चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।
स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए ।
मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ । पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिकले टिप्पणी गरे ।
यसबारे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले घटनाको बास्तविकता बुझी कारवाही प्रक्रिया बढाउन दुल्लू इलाका प्रहरीलाई भनिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
-
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
-
रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात यात्रु घाइते
-
जापानी राजदूत माएडाले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
९८ वर्षको इतिहासमा पहिलोपटक दुई जना मिस इङ्ग्ल्यान्ड घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण