कविता: समाचार
-भुवन रोका “मित्रजी”
अत्याधुनिक स्टुडियो, मौलिक धुन
ब्रान्डेड सुटमा एक महिला, एक पुरुष
न्यानो स्वागत संगै सुरु हुन्छ
हरेक घण्टा, हरेक बार
टेलिभिजनमा समाचार
स्टुडियोको बनावट
त्यहाँको सजावट
झट्ट हेर्दा लाग्छ
यस्ता हुनेछन् समाचारका हेडलाईनहरु
“संसारको ठुलो कोसी जलविद्युत योजना
अन्तिम चरणमा,
उज्यालो खोजिरहेका छिमेकी देशहरु
नेपालको शरणमा”
“सफलतापूर्वक पुरा भयो
सरकारको पाँच बर्षे कार्यकाल,
संसारको सबैभन्दा सम्पन्न देशमा
यो बर्ष पनि नेपाल”
“संसारका दस सुन्दर ठाउँहरुको सुचीमा
सबै नेपालका गाउँहरु परे,
छिटो खेती गर्न सक्ने रोबर्ट
नेपाली बैज्ञानिकहरुले आविष्कार गरे”
“नेपालले माग गर्यो
ठुलो संख्यामा कामदार,
आबेदन हाल्ने
सबै विदेशी बेरोजगार”
“नेपालको आकासे रंगशालामा
विश्वकपको समापन,
नेपाललाई सातौपल्ट
उपाधीको आसन”
तर बिडम्बना
सुरु हुन्छ समाचार
दलहरुको दलदलको कुराबाट
चेलीको च्यातिएको चोलो
अनी
फुटेका चुराबाट
अगाडी पढ्छ समाचार
सरकारले सरकारसंगै अधिकार मागेको
सिंहदरबारदेखि स्वास्थ्यचौकीसम्म
भष्ट्रचारमा लागेको
अब विज्ञापन
देखिन्छ
आकर्षक ड्रेस, ठुलो भवन
स्कृनमा लेखिन्छ
कम्प्युटर र विज्ञानको समय
मुल्यवान शिक्षाकोलागी यो विद्यालय
लगत्तै प्रत्यक्ष रिपोर्ट आउछ
शिक्षित बेरोजगारहरुको आन्दोलनले
जलिरहेको शहरबाट
सपना झुन्ड्याएर स्कुल जान तयार
तुईनको बगरबाट
सिंचाइ नपुगेर सुकिरहेका
खोलामाथिका खेतबाट
सपना उडेर बाकस भित्रिने
एयरपोर्टको गेटबाट
विदा माग्छ समाचार
विदेशी ऋणको भारबाट
अन्तराष्ट्रिय सबै खेलहरुमा
नेपालको हारबाट
साच्चै साहसी योद्धा हुन्
यी समाचार वाचकहरु
जसले
लड्नुछ दिनभरि समाचारसंग लडाई
फर्कनुछ साँझमा घर डराई डराई
खानुछ जसोतसो केही गाँस
बस्नुछ केही घण्टा बास
पढ्नुछ भोलि पनि उस्तै समाचार
उता
पर्खिरहेछन् श्रोता-दर्शकहरु
बिहानीको पहिलो नमस्कार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण