झुक्दैन झन्डा हामी नझुकेसम्म (कविता)
एलिजा हुमागाँई
खान नपाइ मर्छन् प्रजा यहाँ, भोकभोकै हेर
खसाउन्नन् आँसु महाराजा यिनका हाल देखेर
मरे निर्दोषहरू, रगत बगाइ
आएन शान्ति सम्वृद्धि, मेरो देशको बाटो भएर
झोला बोकी खाडी पसेछन्, छोरा परदेश भनी
कहिले फर्केलान् भनी, रुन्छिन् धुरूधुरू जननी
छोटा राजा, बडा राजा, थरीथरी राजा देशमा
कुन आउला गतिलो, कहिले चिन्नु, कुन भेषमा?
गए सालौं– साल हेर सङ्घर्षका बिती
छैनन् बदलिएका र,पनि सङ्घर्ष गर्नेका नियति
गरिब,दुःखी, विरामी भोका नाङ्गा सडकमा
भोट हाल्न नपर्ला मेरा बा’ले कतिऔँ पटकमा
बेथिति, विसङ्गति लगाई नसक्नुको छ पार
भाइ फुटे, गँवार लुटे हुनेछ कसको हार?
नेता अगुवा ठुलाठालु लालची लोभी सब
कसको शरण पर्न जानु देशै छोडेर अब
नीति बनाउने उभिन्छ यहाँ, नीतिमै नटेकी
थपडी बजाउने जमात कत्रो सत्यता नदेखी
फाइदा खोज्नेहरू फेरि पस्नेछन् गाउँ–शहर
पस्न नदिनु दलाल जतिलाई गरेर यति ठहर
हुन्न देशमा विधिको शासन विधि नमानीकन
नगरौँ गल्ती आफुले जानी जानीकन
नसुनौँ कुरा कसैका, आफ्नो अध्ययन नपुगेसम्म
झुक्दैन हिमाल, झुक्दैन झन्डा हामी नझुकेसम्म
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण