पोखरा म्याराथनमा नेपाली सेनाको वर्चश्व

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि सेनाका रोकायाले जितेका हुन् ।
उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पार गर्दै उपाधि जिते । बिजेता रोकायाले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो स्थानमा पनि नेपाली सेनाकैकै गोविन्दप्रसाद भट्टराई २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समयमा दौड पुरा गरे । सेनाकै धावक देवराज बस्नेत भने तेस्रो स्थानमा आए । उनले दौडलाई २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । सेनाका धावकले वर्चश्व राख्दै पहिलो, दोस्रो र तेस्रो स्थान कब्जा जमाए ।
चौँथो स्थानमा भने पाँचथरका प्रताप ताम्सोहाङ रहे । उनले दौडलाई २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । म्याराथनमा विभिन्न जिल्ला एवं विभागीय क्लबका गरी २०९ जना धावकले प्रतिस्पर्धा गरेका थिए । विजेता म्याराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाए । उपविजेताले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार र सन्त्वना पुरस्कार स्वरुप प्रतापले २५ हजार रुपैयाँ पाएका छन् ।
त्यसै गरी महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीकी राजपुरा प्रसाईले जितेकी छन् । २१ किलोमिटरको दुरीलाई उनले १ घण्टा २७ मिनेट ८ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन् ।
जुम्लाकी राममाया बुढा दोस्रो स्थानमा रहिन् । उनले १ घण्टा ३० मिनेट १० सेकेण्डमा पुरा गरिन् । तेस्रो स्थानमा भने सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले हात पारिन् । उनले १ घण्टा ३१ मिनेट १४ सेकेण्डमा पुरा गरेकी थिइन् ।
महिला हाफ म्याराथनमा विजेता प्रसाईले १ लाख रुपैयाँ प्राप्त गरिन् । जुम्लाकी बुढाले दोस्रो पुरस्कार ७५ हजार प्राप्त गरिन् । शसस्त्र प्रहरीकी श्रेष्ठले ५० हजारले पुरस्कार स्वरुप हात थापिन् ।
विगतका संस्करणमा म्याराथनसहितका अन्य विधाहरु एकै दिन सञ्चालन हुने भएपनि यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अन्य इभेन्टहरुलाई फरक फरक मितिमा आयोजना गरिएको मञ्चले जनाएको छ ।
जस अन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ । १० किमी महिला/पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र/छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव