मेघन र ह्यारीले दोस्रो सन्तानलाई जन्म दिँदै
ड्यूक र डचेज अफ ससेक्स दम्पतीले दोस्रो सन्तानको अपेक्षा गरिरहेको उनीहरूका प्रवक्ताले जनाएका छन्।
ह्यारी र मेगनले छोरा आर्चीका भाइ वा बहिनीको स्वागत गर्ने तयारी गरिरहेका छन् । गत मे महिनामा आर्ची एक वर्ष पुगेका थिए।
ह्यारी र मेगनका प्रवक्ताले उक्त दम्पती ‘अत्यन्तै खुसी’ रहेको बताएका छन् ।
बकिङ्घम दरबारका प्रवक्ताले महारानी, ड्यूक अफ एडिन्बरा तथा प्रिन्स अफ वेल्स तथा राजपरिवारका सबै जना ‘हर्षित भएको र उनीहरूलाई शुभेच्छा व्यक्त गरेको’ जनाएका छन् ।
ह्यारी र मेगनले एउटा श्यामश्वेत तस्बिर सार्वजनिक गरेका छन् जसमा एउटा रूखमुनि ह्यारीले आफ्नो हात मेगनको टाउकोमा राखेको र मेगनले आफ्नो हात पेटमा राखेको देख्न सकिन्छ ।
गत जुलाईमा आफ्नो गर्भ तुहिएको जानकारी मेगनले नोभेम्बरमा प्रकाशित एउटा लेखमार्फत् दिएकी थिइन्।
ह्यारी र मेगन पहिलो पटक भेट भएको १६ महिनापछि विवाह बन्धनमा बाँधिएका थिए । सन् २०१८को मे महिनामा विवाह बन्धनमा बाँधिएका उनीहरूले सन् २०१९ को मे ६ तारिखमा पहिलो सन्तानलाई जन्म दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
