इजलासमा अधिवक्ता प्रधानको जवाफः ‘संसद बोलाउने प्रधानमन्त्री आउँछ’
काठमाडौं । वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले संसद पुनःस्थापना भए संसद बैठक बोलाउने प्रधानमन्त्रीको चिन्ता गर्नु नपर्ने बताएका छन् । यसअघि प्रधानमन्त्रीका वकिलले संसद पुनःस्थापना भएपनि संसद बैठक बस्न नसक्ने अवस्था रहेको दाबी गरेका थिए।
त्यसको जवाफमा प्रधानले भने, ‘संसद पुनःस्थापनाको निर्णय भयो भने सरकारले संसद नबोलाउने अवस्था छ भन्नुभएको छ, तर अदालतको फैसला मान्दिन भन्ने कुनै सरकार हुन सक्छ र श्रीमान ? त्यसो भयो भने त अर्को प्रतिगमन हुन्छ नि।’

धारा ७६ (७) को व्यवस्थाअनुसार विश्वासको मत पाउन नसक्ने संसद सदस्यले मात्रै संसद विघटन गर्न सक्ने प्रधानले बताए। ‘तर केपी ओली हाउसको एक सदस्य मात्रै होइनन् र प्रधानमन्त्रीलाई विशेषाधिकार पनि छैन’ पूर्वमहान्यायाधिवक्ता समेत रहेका प्रधानले भने।
उनले प्रधानमन्त्रीका वकिलले जहाँ जहाँ विघटन शब्द छ, त्यहाँ त्यहाँ अधिकार छ भनेर व्याख्या गरेको बताए। ‘धारा ५८ को विशेषाधिकार संघलाई हो प्रधानमन्त्रीलाई होइन’ प्रधानले जवाफी बहसमा भने,‘प्रधानमन्त्रीका वकिलले उहाँलाई विष्णुको अवतारका रुपमा प्रस्तुत गर्नुभयो, प्रधानमन्त्रीलाई श्री ३ ठान्नुभएको छ,त्यो होइन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण