कोरोना खोपप्रति शंका नगर्न जनस्वास्थ्य विज्ञहरूको आग्रह
काठमाडौं— कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप निर्धक्क भएर लगाउन विज्ञहरूले आह्वान गरेका छन् । आइतबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको ‘(का विष्ेभिड–१९) को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ ायक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्यविज्ञहरूले सो आग्रह गरेका हुन् ।
कार्यक्रममा खोप शाखा प्रमुख डा.झलक गौतमले खोप लगाएका ध्ये कसैलाई पनि कुनै समस्या नदेखिएको दाबी गरे । उनले खोपबारे भ्रम नछर्न समेत आग्रह गरे । डा.गौतमले एक व्यक्तिलाई १ डलर लगानी गरे १६ डलर बराबरको फाइदा हुने उनले बताए ।
कार्यक्रममा खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले यसअघि पहिलो चरणको दोस्रो डोज खोप ४ हप्ताभित्र लगाउने निर्णयलाई सरकारले पुनर्विचार गर्न आग्रह गरे । उनले पहिलो खोप लगाएकालाई ८ देखि १२ हप्ताभित्र ‘बुस्टर डोज’ का लागि दोस्रो खोप लगाउने निर्णय गरेको सुनाए ।
कोभिसिल्ड खोपको दोस्रो मात्र ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४ दशमलव ९ प्रतिशत मात्र प्रभावकारी हुने र १२ हप्ताको अन्तरमा लगाउँदा ८२ दशमलव ४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको उनले बताए । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाउँदैमा सुरक्षित नभइने बताए ।
‘खोप लगाएहरूमा एकै किसिमबाट रोग प्रतिरोधात्मक क्षमताको विकास एकै किसिमले नहुने भएकाले कोरोना संक्रमणको जोखिम अझै पनि छ’ उनले भने, ‘पूर्णरुपमा रोग प्रतिरोधात्मक क्षमताको विकास दोस्रो डोज लगाएपछि हुन पनि सक्छ ।’ त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अतिआवश्यक भएको उनले बताए ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले महामारीका बीचमा खोप ल्याएर सरकारले राम्रो काम गरेको बताए । खोप अभियानलाई सफल पार्न पत्रकारहरूको भूमिका महत्पूर्ण हुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण