रणधीर कपुरको जन्मदिनमा डिनर पार्टी, पूरा कपुर खानदान भेला हुँदा सोसल मिडियामा यतिसम्म भनियो
हालै आफ्ना भाइ गुमाएका रणधीर कपुरले १५ फेब्रुअरीम आफ्नो ७४ औं जन्मदिन मनाइरहेका छन् । यो मौकामा १४ फेब्रुअरी बेलुका कपुर परिवारले बर्थडे डिनरको आयोजना गरे । यसका लागि कपुर परिवार र यससँग सम्बन्धित मानिसहरु चेम्बस्थित राज कपुरको बंगलामा भेला भए ।
यतिबेला गर्भवती करिना कपुर आफ्ना श्रीमान् सैफ अली खानसँग, तारा सुतारिया प्रेमी आदर जैनसँग र आलिया भट्ट प्रेमी रणबीर कपुरसँग डिनरमा समावेश भए । डिनरमा गएको तस्बिर सार्वजनिक भएपछि प्रयोगकर्ताले उनीहरुलाई नराम्रोसँग ट्रोल गरेका छन् ।
वास्तवमा अघिल्लो हप्तामात्रै रणधीर कपुरका कान्छा भाइ राजिव कपुरको निधन भएको छ । यस्तोमा उनको निधन भएको पाँच दिनपछि नै डिनरसहित जन्मदिन मनाउँदा धेरै मानिसहरु रुष्ट भएका छन् । थुप्रै मानिसहरुले काकाको निधन भएको एक हप्ता पनि नबित्दै पार्टी गरेको भन्दै करिना र रणबीरलाई कटाक्ष गरेका छन् ।
डिनर आयोजना गरेको अघिल्लो दिन अर्थात् फेब्रुअरी १३ मा राजिव कपुरको चौथी राखिएको थियो । त्यतिबेला परिवारका सदस्यबाहेक बलिउडका थुप्रै हस्ती समावेश भएका थिए । स्मरण रहोस्, राजिव कपुर राज कपुरका कान्छा छोरा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण