मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो पटक दुलही बन्दा यस्ती देखिइन् दिया मिर्जा

मङ्गलबार, ०४ फागुन २०७७, १० : ४१
मङ्गलबार, ०४ फागुन २०७७

नायिका दिया मिर्जाले १५ फेब्रुअरी (सोमबार) वैभव रेखीसँग विवाह गरेकी छिन् । विवाहपछि दुलहीको पहिरनमा उनको तस्बिर सार्वजनिक भएको छ । रातो रङको बनारसी साडीमा दिया निकै सुन्दर देखिएकी छिन् ।

दिया रातो सारीमा सजिँदा उनका श्रीमान् वैभव भने सेतो सेरवानीमा देखिए ।

यी दुईले विवाह पछि तस्बिर खिच्नका लागि आतुर भएका क्यामरापर्सनलाई भेटे, मिठाइ दिए र कुराकानीसमेत गरे ।

दियाले निकै साधारण तरिकाले विवाह गरेकी छिन् । रिपोर्टका अनुसार उनीहरुको विवाहमा नजिकका आफन्त र साथीभाइको मात्रै उपस्थिती रहेको थियो ।

दियाले विवाह अघिका फोटो पनि सेयर गरेकी छिन् । एउटा तस्बिरमा उनको हातमा मेहेन्दी देखिएको छ जसमा उनको ब्राइडल सावर गरिएको छ ।

विवाहमा दियाकी साथी तथा नायिका अदिती राव हैदरीको पनि उपस्थिती छ । उनले दुलहाको जुत्तासहित तस्बिर सेयर गरेकी थिइन् ।

स्मरण रहोस्, दिया र वैभव दुबैको यो दोस्रो विवाह हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप