बेलायतमा कोरोनाबाट एक लाख १८ हजार बढीको मृत्यु
नरेन्द्र बस्नेत
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ७९९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन करिब पाँच महिनायताकै कम २३० जना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरु ले जानकारी दिएको थियो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १८ हजार १९५ पुगेको छ ।
त्यस्तै बितेको २४ घन्टामा थप दश हजार ६२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या ४० लाख ५८ हजार ४६८ पुगेको छ । यसैगरी बेलायतका अस्पतालमा हाल २१ हजार संक्रमितको उपचार भइरहेको छ । जसमध्ये दुई हजार आठ सय जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।
१ करोड ५५ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ५५ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शुरु गरिएको खोप अभियानलाई मध्य फेब्रुअरिसम्मा १।५ मिलियनलाई खोपको पहिलो डोज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ ।
मंगलबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ५५ लाख ७६ हजार १०७ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी पाँच लाख ४६ हजार १६५ जनाले खोपको दोस्रो दिज समेत लिइसकेका छन् ।
सोमबारबाट बेलायतमा ६५ वर्षदेखि ६९ वर्षाबीचका उमेर भएकालाई खोप वितरण गरिँदैछ । हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतकालाई प्राथामिकतामा नै राखिएको छ ।
बेलायतमा हाल फाइजर र अक्सफोर्डद्वारा विकसित दुईवटा खोप वितरण भइरहेको छ । एक व्यक्तिको लागि दुई डोज लगाइने उक्त खोपलाई तीन देखि चार हप्ताको फरकमा लगाइने भनिएपनि बेलायत सरकारले १२ हप्तासम्मको फरकमा लगाउने तयारी गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– तपाईंहरुले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ !
-
प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछः पौडेल
-
सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिनुस् : प्रधानमन्त्री
-
प्रतिपक्षीको अवरोधका बिच प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो : पौडेल
-
राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन सक्दैन : प्रधानमन्त्री