सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीद्वारा निजी सचिवालयका कर्मचारी हेरफेर

बुधबार, ०५ फागुन २०७७, १८ : २०
बुधबार, ०५ फागुन २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी सचिवालयका कर्मचारी परिवर्तन गरेका छन् । मुख्यमन्त्री शाहीले निजी सचिवालयमा कार्यरत प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरेफेर गरेका हुन् । 

शाहीले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रविन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् । तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई बुधवार नै विदाई गरिएको छ । 

‘सबै साथीहरुलाई काम गर्ने अवसर दिनका लागि सचिवालय हेरफेर गरिएको हो । सचिवालयमा हेरफेर हुने कुनै कारण छैन । अवसरका लागि पुराना साथीहरुको विदाई गरी नयाँ साथीहरुलाई जिम्मेवारी दिइएको हो’ मुख्यमन्त्री शाहीले भने । तीन दिनअघि मात्रै कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानान्धरले पनि पदबाट राजीनामा दिएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप