मुख्यमन्त्री शाहीद्वारा निजी सचिवालयका कर्मचारी हेरफेर
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी सचिवालयका कर्मचारी परिवर्तन गरेका छन् । मुख्यमन्त्री शाहीले निजी सचिवालयमा कार्यरत प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरेफेर गरेका हुन् ।
शाहीले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रविन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् । तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई बुधवार नै विदाई गरिएको छ ।
‘सबै साथीहरुलाई काम गर्ने अवसर दिनका लागि सचिवालय हेरफेर गरिएको हो । सचिवालयमा हेरफेर हुने कुनै कारण छैन । अवसरका लागि पुराना साथीहरुको विदाई गरी नयाँ साथीहरुलाई जिम्मेवारी दिइएको हो’ मुख्यमन्त्री शाहीले भने । तीन दिनअघि मात्रै कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानान्धरले पनि पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण