राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच बिदाई भेट
काठमाडौं । नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन् ।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीचका सरकार र जनस्तरमा सुमधूर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताए । दुई देशबीच बेलाबेलामा हुने उच्चस्तरीय भेटघाटले नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लगेको पनि अध्यक्ष तिमिल्सिनाले बताए ।
यस्तै कोरोना भाइरस विरुद्धको खोपलाई जापान सरकारले अनुमति दिएसँगै जापानमा छिट्टै नै यस रोगविरुद्धको लडाइँमा महत्वपूर्ण जित हासिल गर्ने विश्वास समेत व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले राजदूत साईगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई तथा धन्यवाद समेत ज्ञापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण