कर्णालीमा लोकसेवा आयोगले पूर्णता पायो, अध्यक्षमा उपाध्याय
सुर्खेत । लामो समयपछि कर्णाली प्रदेशमा लोकसेवा आयोगले पूर्णता पाएको छ । प्रदेश सरकारले बिहीबार आयोगको अध्यक्षमा रामप्रसाद उपाध्यायलाई नियुक्त गरेको हो । यस्तै, सदस्यहरुमा वसन्तीकुमारी शाही र भक्तबहादुर खड्कालाई नियुक्त गरिएको छ । तीनै जनालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका छन् । उपाध्याय पूर्व शिक्षा निर्देशक समेत हुन् ।
पदाधिकारी नियुक्तिमा भागबण्डा
लोकसेवा आयोगका पदाधिकारी चयनमा भागबण्डा गरिएको पाइएको छ । जसअन्तर्गत मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका दलका नेता जीवनबहादुर शाही र सभाका सभामुख राजबहादुर शाहीले भागबण्डा गरेको पाइएको हो ।
आयोगको अध्यक्षमा नियुक्त भएका रामप्रसाद उपाध्याय मुख्यमन्त्री शाहीको कोटाबाट नियुक्त भएका छन् भने अर्का सदस्य खड्का सभामुख शाहीको कोटाबाट नियुक्त भएको बताइएको छ । अन्य सदस्यले दलको प्रतिनिधित्व गराए पनि विपक्षी दलका नेता जीवनबहादुर शाहीले आफ्नै श्रीमती वसन्ती कुमारी सिंह शाहीलाई आयोगको सदस्य बनाएको स्रोतको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण