बेलायतमा कोरोनाबाट थप १२ हजार संक्रमित, ४५४ को मृत्यु
लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा १२ हजार नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ सिसाल केयर’ को तथ्याँकमा उल्लेख छ । १२ हजार ५७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ४० लाख ८३ हजार २४२ पुगेको छ । विगत केहि दिनयता संक्रमण दरमा केहि कमी आएको ताथ्याँकले देखाएको छ ।
यसैगरी बितेको २४ घन्टामा ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्यामा पनि निरन्तर कमी आउँदै गएको छ । बिहीबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा कुल मृतक संख्या एक लाख १९ हजार ३८७ पुगेको छ ।
हाल जारी लकडाउन र कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएसंगै पछिल्लो समयमा कोरोना संक्रमण र मृत्यु दरमा कम आएको अधिकारीहरुले बताएका छन् । बेलायतको अस्पतालमा बढेको अत्यधिक चाप पनि अहिले निकै कम भएको छ ।
अघिल्लो महिना अस्पतालमा उपचार गराउनेको संख्या ४० हजार नाघेकोमा अहिलो यो संख्या घटेर २० हजारको हाराहारीमा पुगेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि करिब एक तिहाइ घटेर दुई हजार छ सयको हाराहारीमा पुगेको छ ।
एक करोड ६४ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ६४ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शुरु गरिएको खोप अभियानलाई मध्य फेब्रुअरीसम्म १.५ मिलियनलाई खोपको पहिलो डोज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ । बिहीबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ६४ लाख २३ हजार ८२ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी पाँच लाख ७३ हजार ७२४ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् ।
हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिँदैछ । हालसम्म ७० वर्ष माथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतलाई प्राथामिकतामा नै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण