प्रदेश प्रमुखबाट हटाएलगत्तै तिलक परियारको प्रतिक्रियाः स्वकीय सचिवसँगको झगडामा जोडियो
काठमाडौं । निवर्तमान प्रदेश प्रमुख तिलक परियारले स्वकीय सचिवसँगको झगडाका कारण आफुलाई हटाइएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा अोलीले उनलाई बर्खास्त गरेर त्यो ठाउँमा रौतहटका राजेश झालाई नियुक्त गरेपछि परियारले उक्त प्रतिकृया दिएका हुन् ।
उनले भने, ‘स्वकीय सचिवसँग कसैसँग कुनै झगडा भयो भने त्यसलाई इसु बनाएर मलाई हटाउ मिल्दैन, तर प्रधानमन्त्री केपी शर्मा अोलीले त्यसको इसु बनाएर मलाई हटाएका छन् ।’ आफूले अहिलेको वर्तमान राजनीतिक परिस्थितिमा कतै केही नबोलेको बताउँदै उनले कसैसँग सम्पर्क समेत नभएको बताए । तर एकजना स्वकीय सचिवसँग भएको झगडालाई लिएर आफूलाई हटाएको उनले गुनासो गरे ।
रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र निवर्तमान प्रदेश प्रमुख परियारका स्वकीय सचिव अनिल पासवानबीचको गाली गलौजको फोन रेकर्ड बाहिर आएको थियो । त्यसैलाई इसु बनाएर प्रधानमन्त्री ओलीले प्रमुखबाट परियारलाई हटाएको चर्चा चलिरहेको छ ।
आफू प्रदेश प्रमुख भएर संघीय सरकारलाई सहयोग पुग्ने गरी नै काम गरिरहेको र संघीय सरकारलाई असहयोग हुने कुनै पनि काम नगरेको दावी गर्दै परियारले आफूलाई बर्खास्त गरेको कुरा सञ्चारमाध्यममा आएपछि मात्र थाहा पाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण