भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो फुटेज सार्वजनिक
एजेन्सी । चिनियाँ सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सले गत वर्ष गल्भान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो फुटेज सार्वजनिक गरेको छ । गत वर्ष जुनमा ती दुई देशका सैनिकबीच झडप भएको थियो । उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए । चीनले झडपलगत्तै आफ्नो क्षतिबारे केही नबताए पनि केही दिनअघि मात्र आफ्ना ४ सैनिक मारिएको स्वीकार गरेको छ ।
सार्वजनिक गरिएको भिडियोमा भारत र चीनका सैनिकबीच चर्को रुपमा आरोप प्रत्यारोप गरेको दृष्य समेत देख्न सकिन्छ । भिडियोमा दुबै पक्षका सैनिक अधिकारीहरुले पनि कुराकानी गरिरहेको देखिन्छ ।
सार्वजनिक भिडियोमा चीनले भारततर्फ औल्याउँदै भनिएको छः ‘ विदेशी सेनाले अप्रिल देखिनै पुरानो सम्झौतको उल्लंघन गर्दै आइरहेको थियो । उनीहरुले पुल र सडक बनाउन भन्दै सीमा पार गरेका थिए ।’ भिडियोमा भनिएको छः ‘ विदेशी सेनाले यथास्थितिमा परितर्वन गर्न एक पक्षीय प्रयास गरेपछि सीमामा तनाव बढ्न गयो ।’
चिनियाँ पक्षले भनेको छः ‘सम्झौताको सम्मान गर्दै हामीले स्थितिलाई वार्ताबाट समाधान गर्ने प्रयास गरेका छौं ।’ भिडियोमा दुबै देशका सैनिकहरु बीच अँध्यारो रातको समयमा झडप भएको देखिन्छ र चिनियाँ सेनाहरु घाइते सिपाहीहरुलाई उद्दार गरिरहेका देखिन्छन् र मृत्यु भएका सेनालाई चिनियाँ सेनाले अभिवादन गरिरहेको देखिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण