अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी, आवसीय इलाकामा खस्यो
अमेरिकाका बोइङ जेट विमानको एक इन्जिनमा आगलागी भएको छ । इन्जिनको पार्टपूर्जा आवसीय इलाकामा खसेको छ ।
यो घटना डेनवर नजिकै भएको हो जहाँ विमानले उडान भरेपछि इन्जिन फेल भएको थियो ।
बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० सदस्य सवार थिए । इन्जिनमा आगलागी भएतापनि उक्त विमान सकुशल डेनवर विमानस्थलमा फिर्ता भएर अवतरण गर्न सफल भयो ।
बूकफिल्ड इलाकाका प्रहरीले एक तस्बिर पोस्ट गरेका छन् जसमा विशाल इन्जिनको बाहिरी फ्रेम एउटा घरको अगाडि बगैंचामा खसेको छ ।
यो विमानले डेनवरबाट होनोलुलुका लागि उडान भरेको थियो ।
फेडरल एभिएसन एडमिनिस्ट्रेशनका अनुसार विमान ३२८ को दायाँ इन्जिनमा खराबी आएको थियो ।
ब्रूमफिल्ड प्रहरीले स्थानीयलाई अनुसन्धानमा कुनै असर नपरोस् भनेर उक्त भग्नावशेषलाई नछुन आग्रह गरेको छ ।
अनलाइन पोस्टमा देखिए अनुसार इन्जिनबाट धुँवा आइरहेको छ । एक भिडियो पनि सार्वजनिक भएको छ जुन विमान भित्रबाट खिचिएको हो । यसमा झ्याल नजिकैको इन्जिनमा लागेको आगो स्पष्ट रुपमा देख्न सकिन्छ ।
एक स्थानीय व्यक्तिले सीएनएनसँगको कुराकानीमा विमानको पार्टपूर्जा खसेको र आफ्नो बच्चालाई लिएर सुरक्षित स्थानमा लुकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा नेपाल एसबीआई बैंक सम्मानित
-
सुपरहिरो बन्दैछन् रणवीर सिंह ?
-
नयाँ इन्जिन र डिजाइनसहितको नयाँ गाडी बनाउने हो : डा. भट्टराई
-
निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा छु : कोइराला
-
गर्मीको प्रभाव : बंगलादेश र फिलिपिन्समा विद्यालय बन्द गर्न आदेश
-
गाजा युद्ध : यमनले कन्टेनर जहाजमा हान्यो मिसाइल