अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी, आवसीय इलाकामा खस्यो
अमेरिकाका बोइङ जेट विमानको एक इन्जिनमा आगलागी भएको छ । इन्जिनको पार्टपूर्जा आवसीय इलाकामा खसेको छ ।
यो घटना डेनवर नजिकै भएको हो जहाँ विमानले उडान भरेपछि इन्जिन फेल भएको थियो ।
बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० सदस्य सवार थिए । इन्जिनमा आगलागी भएतापनि उक्त विमान सकुशल डेनवर विमानस्थलमा फिर्ता भएर अवतरण गर्न सफल भयो ।
बूकफिल्ड इलाकाका प्रहरीले एक तस्बिर पोस्ट गरेका छन् जसमा विशाल इन्जिनको बाहिरी फ्रेम एउटा घरको अगाडि बगैंचामा खसेको छ ।
यो विमानले डेनवरबाट होनोलुलुका लागि उडान भरेको थियो ।
फेडरल एभिएसन एडमिनिस्ट्रेशनका अनुसार विमान ३२८ को दायाँ इन्जिनमा खराबी आएको थियो ।
ब्रूमफिल्ड प्रहरीले स्थानीयलाई अनुसन्धानमा कुनै असर नपरोस् भनेर उक्त भग्नावशेषलाई नछुन आग्रह गरेको छ ।
अनलाइन पोस्टमा देखिए अनुसार इन्जिनबाट धुँवा आइरहेको छ । एक भिडियो पनि सार्वजनिक भएको छ जुन विमान भित्रबाट खिचिएको हो । यसमा झ्याल नजिकैको इन्जिनमा लागेको आगो स्पष्ट रुपमा देख्न सकिन्छ ।
एक स्थानीय व्यक्तिले सीएनएनसँगको कुराकानीमा विमानको पार्टपूर्जा खसेको र आफ्नो बच्चालाई लिएर सुरक्षित स्थानमा लुकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण