शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचनले देशलाई स्थिरतामा लैजान्छः  कमल थापा

आइतबार, ०९ फागुन २०७७, १८ : ३०
आइतबार, ०९ फागुन २०७७

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।  मिडिया नेपालद्वारा आज  दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न  राजनीतिक दलसँग आग्रह गरे । 

उनले भने, “निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ  । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ ।  ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ  ।” नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो ।  उनले संसद् विघटनसम्बन्धी  सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप