मन्त्रोच्चारणसहित मेलम्चीको पानी सुरुङमा पठाइयो (तस्बिरमा हेर्नुस्)
काठमाडौं । मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै सोमबार पानी हालेर परीक्षण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणमा खानेपानी मन्त्री मणिचन्द्र थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतका पदाधिकारीहरू आयोजनास्थल मेलम्चीमा पुगेर परीक्षण सुरु गरेका हुन् । गत असारमा यो सुरुङमा पानी भनेर परीक्षण गर्दा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेको थियो । त्यसपछि मर्मत गरेर पुन सोमबार पानी छाडिएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । गत असारमा पानी परीक्षणका क्रममा दुर्घटना भएर २ जनाको मृत्यु भएकाले यो पटक परीक्षण गर्दा पूजा पाठसहित गरिएको मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ ।
मन्त्री थापाले बाँधस्थलमा रहेको पानी पठाउने कन्ट्रोल प्यानलको स्वीच थिच्ने बेला ब्राह्मण पुरोहितले मन्त्रोच्चारण गरेका थिए भने बाहिर बौद्ध पुरोहितले पनि मन्त्रोच्चारण गरेका थिए । मन्त्री थापाले स्विच थिचेर सुरुङमा पानी पठाएपछि आगामी वैशाखदेखि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउने प्रतिक्रिया दिए । त्यसक्रममा मन्त्री थापाले २ महिना सुरुङ्गमा पानी पठाएर परीक्षण सकिएपछि पिउने पानी नियमित छाडिने पनि बताएका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण