मकवानपुरमा एक वर्षमा २३ महिला बलात्कृत
मकवानपुर । एक वर्षको अवधिमा मकवानपुरमा २३ महिला बलात्कारको सिकार बनेका छन् । जिल्लामा एक वर्षको अवधिमा ६१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ ।
कुल ४ लाख ३२ हजार २९२ जनसंख्या रहेको मकवानपुरमा सन् २०२० मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ५१ जना महिला, ९ जना पुरुष र एक जना तेस्रो लिङ्गी पीडित भएको इन्सेक मकवानपुरका संयोजक कृष्ण गौतमले जानकारी दिए ।
इन्सेकको तथ्यांकअनुसार सो अवधिमा मकवानपुरमा ६ जनाको हत्या, २३ जना महिला बलात्कृत भएका छन् भने ३ जना महिलामाथि बलात्कारको प्रयास भएको छ । त्यसैगरी ६ जना बालिका यौन दुर्व्यवहारको शिकार बन्न पुगेका छन् भने एक बालिका बेचबिखनमा परेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारमा सन् २०२० मा एक जना कैदीको मृत्यु भएको छ । १ हजार २ सय जनाको क्षमता रहेको सो कारागारमा ९ सय २३ जना कैदी बन्दी छन् ।
यसैगरी मकवानपुरको बाल सुधार गृहमा सन् २०२० मा एक बालकको मृत्यु भएको छ । संघीय सरकार मातहतको सो बाल गृह जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरिरहेको छ । बाल सुधार गृहमा ५२ जना बालकलाई राखिएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
बालबिज्याइ गरी अदालतको आदेशबाट दण्ड सजाय बालबालिकालाई पढ्ने, खेल्ने व्यवस्थासहित उचित सुरक्षाका साथ बालगृहमा राखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण