बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एलन मस्कले गुमाए ताज, जेफ बेजोस पुनः बने संसारका सर्वाधिक धनाढ्य

बुधबार, १२ फागुन २०७७, ०९ : ४४
बुधबार, १२ फागुन २०७७

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी (सीइओ) एलन मस्क यो वर्षको जनवरीमा संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए तर एक महिना पछि नै उनको उपाधि खोसिएको छ ।

एक महिना अघि टेस्लाको सेयरको मूल्यमा अत्यधिक बढोत्तरीका कारण एलन मस्कको कूल सम्पत्ति १ खर्ब ८५ अर्ब डलर पार भएको थियो ।

तर एलन मस्क अब आफ्नै सेयरमा गिरावटका कारण उनको सम्पत्तिमा १५ बिलियन डलरको कमी आएपछि दोस्रो स्थानमा आएका छन् ।

यसका साथै, अनलाइन सपिङ प्लेटफर्म ‘अमेजन’ का संस्थापक जेफ बेजोस एक पटक पुनः संसारका सर्वाधिक धनाढ्य बनेका छन् ।

ब्लूमबर्ग बिलियनेस इन्डेक्सको पछिल्लो डाटा अनुसार जेफ बेजोस १८६ बिलियन डलर सम्पत्तिसहित शीर्ष स्थानमा फर्किएका छन् । साथै, जेफ बेजोस १८३ बिलियन डलरसहित दोस्रो स्थानमा र माइक्रोसफ्टका संस्थापक बिल गेट्स १३५ बिलियन डलरसहित तेस्रो स्थानमा छन् ।

जानकारका अनुसार हालका दिनमा बिटक्वाइनमा आएको गिरावटले समिकरण परिवर्तन गरिदिएको छ । यसै गिरावटका कारण टेस्लाका लगानीकर्ताले आफ्नो सेयर बेच्नु परेको मान्यता राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप