डा.केसीद्वारा सत्याग्रह कार्यक्रम स्थगित
काठमाडौं । डा.गोविन्द केसीले फागुन १२ गतेदेखि सुरु गर्ने भनिएको सत्याग्रह तत्कालका लागि स्थगित गर्ने भएका छन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको माग गर्दै विगत केही वर्षदेखि अनसन बस्दै आएका डा.केसीले आज एक विज्ञप्ति जारी गर्दै सत्याग्रह स्थगित भएको जानकारी दिएका हुन् । जारी विज्ञप्तिमा भनिएको छः ‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं ।’
डा.केसीले आफुहरुसित विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने आफुहरुको अभियान निरन्तर रहने समेत स्पष्ट पारेका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको बताउँदै देशको सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा यही रहेका बताएका छन् । उनले ओली सरकारले गरेका संवैधानिक निकायका नियुक्तिहरु तत्काल सच्याउन समेत माग गरेका छन् । उनले भनेका छन्ः ‘खास गरी राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले जसरी संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्तिहरु गरेका थिए ती तत्काल सच्चिनुपर्छ ।’
प्रतिनिधिसभा पुनःस्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार नपाउने बताउँदै उनले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन नल्याउने उनले दाबी गरेका छन् । उनले भनेका छन्ः ‘ पछिल्ला तीन वर्षमा सरकारते अभिव्यक्ति स्वतन्त्रता खुम्व्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्टयाएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण