प्रतिनिधिसभा पुनर्स्थापनापछि भारतको प्रतिक्रियाः यो नेपालको आन्तरिक मामिला हो

काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै नेपालमा उत्पन्न पछिल्लो राजनीतिक मुद्दालाई आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंग्याउने विषय भनेका छन् ।
उनले भनेका छन्, ‘हामी के विश्वास गर्छौं भने यो नेपालको आन्तरिक मामिला हो र नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंगो लगाउने विषय हो । २३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । केही महिनायता नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट हेरिरहेका छौं ।’ यसअघि प्रतिनिधिसभा विघटनलगत्तै पनि भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?
-
कांग्रेस–एमालेबिचको एक वर्ष पुरानो ७ बुँदे सहमति : ओलीको शासन भयो, काम भएन
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने