मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११

मङ्गलबार, ०५ साउन २०८३, १४ : ४७
मङ्गलबार, ०५ साउन २०८३

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको ११६ औँ खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ ।

नेदरल्यान्ड्सको यूट्रेक्टस्थित स्पोर्टपार्क मार्सकल्करवेर्डमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुने यस खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले केही बेरमा बलिङ सुरु गर्दैछ ।

प्रतियोगितामा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिएका छन् । जारी प्रतियोगितामा नेपाली टोली सकारात्मक लयमा देखिएको छ। नेपालले आफ्ना पछिल्ला आठ खेलमध्ये ६ खेलमा जित हात पारेको छ भने लिग २ का पछिल्ला पाँचवटै खेल जितेर टोलीको मनोबल उच्च रहेको छ। अर्कोतर्फ, नामिबियाको प्रदर्शन भने यस सिरिजमा केही उतारचढावपूर्ण रहेको छ। 

खेल हुने मैदान स्पोर्टपार्क मार्सकल्करवेर्डको पिच ब्याटिङ र बलिङ दुवैका लागि सहयोगी मानिन्छ । यहाँको तथ्याङ्क हेर्दा पहिलो इनिङ्सको औसत योगफल १९२ रन र दोस्रो इनिङ्सको औसत योगफल १४० रन रहेको छ । डच कन्डिसनमा नेपाली टोलीले आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । 

यस खेलका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिँदै छ ।

नेपाली टोलीमा,

रोहित पौडेल (कप्तान) 
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
आसिफ शेख (विकेटकिपर)
कुशल भुर्तेल
इशान पाण्डे
आरिफ शेख
गुल्सन झा
करण केसी
सोमपाल कामी
१०। नन्दन यादव
११। सन्दीप लामिछाने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप