के आतंककारीको निशानामा थिए मुकेश अम्बानी ? प्रहरीले गरेनन् अस्विकार
भारतका उद्योगपति मुकेश अम्बानीको घर बाहिर स्कोर्पियोमा भेटिएको बिस्फोटक मामिलामा मुम्बईको क्राइम ब्रान्चसहित एनआईएको समूहले अनुसन्धान गरिरहेको छ । क्राइम ब्रान्चका प्रमुख मिलिन्द भारंबेले यो मामिलामा आफूहरुले आतंकवादीको कोणबाट पनि अनुसन्धान गरिरहेको जानकारी दिए ।
मुम्बई क्राइम ब्रान्चले स्कोर्पियोका मालिक हिरेन हसमुख हिरेन मसुखसँग सोधपुछ गरिरहेको छ । हिरेन मनसुखको गाडी केही दिन अघि विक्रोली इलाकाबाट चोरी भएको थियो । यसै कारमा जिलेटिनका छड बरामद गरिएको थियो ।
कुनै पनि समूहले जिम्मेवारी लिएको छैनः
मुम्बई प्रहरीका एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘साधारणतया जब कोही आतंककारी समूह यस्ता मामिलामा संलग्न हुन्छन् उनीहरुले यस्ता कुराको जिम्मेवारी लिन्छन् । यद्यपि, यो घण्टा भएको धेरै घण्टा बितिसकेको छ तर अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएका छैनन् ।’
उनले भने, ‘तरपनि यसमा आतंककारी संगठनको संलग्न छैन भनेर भन्नु गलत हुनेछ । ’
उनका अनुसार साढे दुई किलो तौलको २० जिलेटिनको छड कारबाट बरामद गरिएको थियो ।
दोस्रो कारको खोजीः
प्रहरीका अनुसार यो घटनामा संलग्न अर्को इनोवा कारको पनि खोजी गरिँदै छ । यो कार पनि अम्बानीको घरसम्म आएको थियो । इनोवा कारमा पनि नक्कली नम्बर प्लेट राखिएको थियो, यसको पहिचान गर्न बाँकी नै छ ।
यो इनोवा कार राती करिब ३ बजे मुम्बईको मुलुन्ड टोलतर्फ अघि बढेको छ । यो पूरा घटना सीसीटीभीमा रेकर्ड भएको छ ।
स्कोर्पियोका मालिक क्राइम ब्रान्च पुगेः
उद्योगपति मुकेश अम्बानीको घर नजिकै भेटिएको स्कोर्पियोका मालिकको पहिचान गरी क्राइम ब्रान्चको टीमले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार कार केही वर्ष अघि चोरी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
