अमिताभ बच्चनको शल्यक्रिया हुँदैः ब्लगमा जानकारी दिँदै लेखे, ‘योभन्दा बढी केही लेख्न सक्दिनँ’
आइतबार, १६ फागुन २०७७, ११ : १८
बलिउड अभिनेता अमिताभ बच्चन सोसल मिडियामा असाध्यै सक्रिय रहन्छन् । कहिले ट्वीटरमा त कहिले ब्लगमार्फत् उनी लगातार आफ्नो प्रशंसकसँग लगातार कुराकानी पनि गरिरहन्छन् र थुप्रै पटक आफ्नो जीवनका किस्साबारे पनि जानकारी दिन्छन् । तर यसपटक अभिनेताका नयाँ ब्लगले सबैमा कौतुहल जताएको छ । ब्लगमा अमिताभ बच्चनले स्वास्थ्य स्थितीका कारण उनको शल्यक्रिया हुन लागेको बताएका छन् ।
अभिनेताले शनिबार राती एउटा पोस्ट लेखे । पोस्टमा उनले लेखे, ‘स्वास्थ्य अवस्था... शल्यक्रिया.... योभन्दा बढी केही लेख्न सक्दिनँ ।’
स्मरण रहोस्, कुली फिल्मको सेटमा भएको दुर्घटनापछि नायकको थुप्रै पटक शल्यक्रिया भइसकेको छ । यत्तिका वर्षपछि पनि नायकलाई त्यो बेलाको समस्याले आज पनि तनाव दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण