बाबुरामको तर्कः बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता
आइतबार, १६ फागुन २०७७, २२ : ४८
काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नहुने प्रस्ट पारेका छन् । उपचारका सिलसिलामा नयाँ दिल्लीमा रहेका उनले आईतबार ट्वीट गर्दै भनेका छन्– ‘बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता ।
आईतबार गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट प्रधानमन्त्री पदबाट हटाउन चुनौती दिएको सन्दर्भमा डा.भट्टराईले प्रत्युत्तर शैलीमा ट्वीट गरेका हुन् । अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको उल्लेख गर्दै उनले निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीकै भएको पनि प्रस्ट पारेका छन् । अतिले खति गर्नेतर्फ उनले सचेतसमेत गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण