गुल्मीमा बेपत्ता बुहारीको शव घर नजिकै फेला
गुल्मी । माघ २९ गते रातीदेखि बेपत्ता गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको छ । खत्रीको शव घर नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो । ‘बिहान रुखबाट घाँस झार्न लागेको थिए, त्यसबेला गन्हायो, त्यसपछि शंका लागेर जनप्रतिनिधिहरूलाई फोन गरे । उनीहरुले प्रहरीलाई फोन गरेर बोलाएपछि प्रहरीले हेर्दा शव फेला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने । घरनजिकै सय मिटर अगाडि झाडीमा टाउको बोरामा राखेको र स्याउलाले ढाकेको अवस्थामा शव फेला परेको छ ।
शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । शवको पहिचान हुन बाँकी रहे पनि बेपत्ता सम्झनाको हुनसक्ने प्रहरीको अनुमान छ । बुहारी बेपत्ता भएको दुई दिनपछि सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
अघिल्लो दिन उनले ३ जना केटा बुहारीको कोठामा बसेको र त्यसलगत्तै बुहारी भागेको बयान प्रहरीमा दिएकी थिइन् । सम्झनाका श्रीमान ‘हरि डाइभर’ भनेर चिनिने नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् । ३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पछिल्लो समयमा राम्रो थिएन । सम्झनाले श्रीमानले प्रायः कुटपिट गरिरहने बताउने गरेकी थिइन् । २९ गते साँझ ५ बजेतिर उनी सासुले घर छाडेर जा भनेको भन्दै बहिनीसँग फोनमा रोएकी थिइन् । उनका १६ महिनाका छोरा छन् । सम्झना बेपत्ता भएको निकै दिन हुँदा पनि नभेटिएपछि स्थानीयवासीले प्रहरीलाई दबाब दिन आन्दोलन चर्काएका थिए । त्यहीबेला जिल्ला प्रहरी प्रमुख एसपी प्रबिणलाल श्रेष्ठको सरुवा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण