फेवाताल किनारमा थुप्रिएको माटो निकाल्न शुरु
पोखरा । फेवाताल किनारामा थुप्रिएको माटो निकाल्न शुरु गरिएको छ । फेवातालको बाँध मर्मत सम्भारका लागि पानीको सतह घटाएको मौका पारेर गण्डकी प्रदेश सरकारको अगुवाईमा माटो निकाल्न थालिएको हो ।
वातावरण मन्त्रालयको संयोजनमा, पोखरा महानगरपालिका र अन्य कार्यालयको समन्वयमा फेवाताल छेउमा थुप्रिएको माटो निकाल्ने कार्यको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले थालनी गरे । ताल किनारमा देखिएको लेदो माटो, फोहोरमैला लगायतका बस्तु निकाल्नका लागि गठन गरिएको समितिले फिर्केखोलाको अन्तिम बिन्दु गाइघाटबाट माटो निकाल्न शुरु गरेको छ ।
फेवाताल वरपर रहेका २९ वटा खोलाबाट आएको ढुङ्गा, गिट्टी, बालुवा, प्लास्टिक लगायतका थुप्रिए बस्तु निकाल्न शुरु गरिएको पर्यटन मन्त्री लम्सालले जानकारी दिए । उनले फेवातालमा २९ वटा साना खोला आउने फोहोरलाई व्यवस्थापन गर्न लागेको बताउँदै तालको सौन्दर्यकरणमा सबैले साथ दिन आग्रह गरे ।

फेवातालको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले फेवातालमा मिसिएको माटो १५ दिनभित्र निकाल्ने लक्ष्य रहेका जानकारी दिए ।‘फेवातालबाट अहिले करिब १५ हजार घनमिटर माटो निकाल्ने योजना छ,’ उनले भने । ‘ताल किनारामा माटो ठाउँ अनुसार एकदेखि तीन मिटर गहिराई सम्म निकालिने छ ।’
तालबाट निकालिएको माटो वसुन्धरा पार्क र कोमागाने पार्कमा रहेका खाल्डाखुल्डी पुरिने उनले बताए ।
फेवातालको बाँध मर्मत सम्भारको लागि पानीको सतह घटाएपछि नागरिकस्तरबाट ताल किनारामा थुप्रिएको माटो र फोहोर निकाल्नका लागि स्थानीयले माग गर्दै आएका थिए ।
फेवातालमा वर्षेनी १ लाख ४२ हजार घनमिटर भन्दा बढी माटो मिसिने गरेको सरकारी तथ्याङ्क छ । वर्षेनी तालको किनारामा माटो थुप्रिदै गएका कारण तालको सतह घट्दै जाँदा अतिक्रमण बढिरहेको छ ।
फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले तालको क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात् ५.७२६ वर्ग किलोमिटर रहेको सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण