राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन चैत ७ गते हुने

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ । ७ गतेलाई महाधिवेशन बोलाएको महासंघले भोलिपल्ट अर्थात् चैत ८ गतेलाई महासंघको भावी नेतृत्व चयनको निर्वाचन समेत गर्ने जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी महासंघले साधारणसभा र नेतृत्व चयनको मिति घोषणा गरेको हो ।
निजी व्यवसायिक क्षेत्रकै छाता संगठनको रुपमा रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोभिडकालमा समेत सशक्त रुपमा व्यवसायीहरुको समस्यामा लडेको र बन्द रहेका सटरसँगै मालसामान आयात निर्यातको सीमा नाका खुलाउन समेत पहल गरेको भन्दै नेतृत्वदायी भूमिकामा रहेको महासंघको दोस्रो साधारणसभा घोषणा गर्न पाउँदा खुशी लागेको अध्यक्ष नरेश कटुवालले बताए । महासंघको साधारणसभा चैत ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ भने सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज