राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन चैत ७ गते हुने
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ । ७ गतेलाई महाधिवेशन बोलाएको महासंघले भोलिपल्ट अर्थात् चैत ८ गतेलाई महासंघको भावी नेतृत्व चयनको निर्वाचन समेत गर्ने जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी महासंघले साधारणसभा र नेतृत्व चयनको मिति घोषणा गरेको हो ।
निजी व्यवसायिक क्षेत्रकै छाता संगठनको रुपमा रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोभिडकालमा समेत सशक्त रुपमा व्यवसायीहरुको समस्यामा लडेको र बन्द रहेका सटरसँगै मालसामान आयात निर्यातको सीमा नाका खुलाउन समेत पहल गरेको भन्दै नेतृत्वदायी भूमिकामा रहेको महासंघको दोस्रो साधारणसभा घोषणा गर्न पाउँदा खुशी लागेको अध्यक्ष नरेश कटुवालले बताए । महासंघको साधारणसभा चैत ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ भने सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण