अमेरिकी उपराष्ट्रपतिद्वारा अष्ट्रेलियाका प्रधानमन्त्रीसँग छलफल, उठ्यो चीन र म्यान्मारको प्रसंग
एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग छलफल गरेकी छन् । उनीहरूका बीचमा आपसी सहकार्य, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तनसँगै चीन र म्यानमारका बारेमा कुराकानी भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा दुवै देशका नेताहरूले आपसी सहकार्य बढाउनु पर्ने र सम्बन्धलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको उल्लेख गरिएको छ । “उपराष्ट्रपति र प्रधानमन्त्रीले थप सहकार्यका अवसर तथा सम्भावनाहरू, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तन, चीन र बर्मासँगै अन्य धेरै विषयमा छलफल गर्नुभएको छ,” वक्तव्यमा लेखिएको छ ।
उनीहरूले इन्डो प्यासिफिक क्षेत्रका बीचमा बलियो एकता र थप सहकार्यका बारेमा पनि विचारविमर्श गर्नुभएको अधिकारीहरूले जनाएका छन् । “सँगसँगै काम गर्ने कुरामा सुधार गर्ने, अन्य साझेदार तथा सरोकारवाला निकायहरूसँगको सम्बन्धलाई बलियो बनाउने, अर्थतन्त्रको पुनःउत्थानका लागि संयुक्त प्रयास गर्ने, एक अर्कालाई सक्दो सहयोग गर्ने बारेमा उपराष्ट्रपति ह्यारिस र प्रधानमन्त्री मोरिसन सहमत हुनुभएको छ,” वक्तव्यमा उल्लेख छ ।
उपराष्ट्रपति ह्यारिसले यसअघि क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो, फ्रान्सका राष्ट्रपति एम्यान्युएल माक्रोनलगायतसँग पनि कुराकानी गरेकी थिइन् । गत जनवरीमा उपराष्ट्रपतिको जिम्मेबारी सम्हाल्नु भएकी ह्यारिसले वैदेशिक तथा कूटनीतिक सम्बन्ध सुधार्ने तथा ताजकी गर्ने प्रयासलाई प्राथमिकता दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण