सम्झना हत्याकाण्ड : देवर-भाउजु मिलेर बुहारीको हत्या
गुल्मी । केहीदिन अघि गुल्मीको भाडगाउँमा २१ वर्षीय सम्झना बोहरा खत्रीको आफ्नै सासु र कान्छा ससुरा पर्ने छिमेकीले हत्या गरेको बिहीबार प्रहरीले खुलासा गरेको छ । रेसुङ्गा नगरपालिका–३, भाडगााउँस्थित छिमेकमा बस्ने सम्झनाका कान्छा ससुरा अन्दाजी ५० वर्षीय लालबहादुर खत्रीले माघ २९ गते राति सम्झनाको हत्या गरी शव फालिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
सम्झनाकै सासु अर्थात् नातामा आफ्नो भाउजु पर्ने तोमकलीसँग मिलेर आफूले हत्या गरेको लालबहादुर खत्रीले प्रहरीसमक्ष स्वीकार गरेको डिएसपी पाण्डेले बताए ।
केहीदिन अघि जिल्ला प्रशासन कार्यालय अगाडि भएको आन्दोलन र नाराबाजीमा लालबहादुर खत्री नै अग्रपंक्तिमा थिए । बेपत्ता सम्झनालाई छिटो खोज, अपराधीलाई कारबाही गर, फितलो प्रशासन चाँहिदैन जस्ता नारा लगाउँदै उनी अग्रपंक्तिमा देखिन्थे ।
सम्झनाकै ससुरा गणेशबहादुर खत्रीले किटानी जाहेरीको मुद्दा दायर गरेपछि प्रहरीले सम्झनाको शव भेटिएकै दिन फागुन १७ गते लालबहादुर खत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । निजलाई अदालतमा पेश गरी ७ दिन म्यादसमेत थपिएको डिएसपी पाण्डेको भनाइ छ ।
उनीहरुले सम्झनाको हत्या किन गरेका हुन् भन्नेबारे डिएसपी पाण्डेले विस्तृत विवरण बताउन चाहेनन् । ‘अन्य धेरै कुरा खुल्न बाँकी छ,’ उनले भने । उल्लेखनीय छ, बुहारीको हत्यामा संलग्न भनिएकी तोमकलीले बुहारी बेपत्ता हुनुअघि राति घरमा तीन जना युवा आएर बुहारीसँगै बसेर मदिरा सेवन गरेको र बिहानपख उनीहरुसँग घर छाडेर हिँडेको बयान दिएकी थिइन् । लगत्तै तोमकलीले आत्महत्या गरेपछि घटनाको अनुसन्धानमा प्रहरीलाई चुनौती थपिएको ि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण