दक्षिण कोरियामा कोभिडको संक्रमण केही घट्दो
सोल । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड– १९) का संक्रमितहरुको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन् । प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा यहाँका ३८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संख्या यहाँ केही दिनयताको भने कम देखिएको छ । योसँगै यहाँ संक्रमितहरुको संख्या ९१ हजार ६३८ जना पुगेको पनि बताइएको छ ।
कोरियामा पछिल्लो साता हरेक दिन संक्रमितको संख्या ४०० भन्दा तल झरेको छ । तर यो संख्या ३०० देखि ४०० सम्म रहेको पनि बताइएको छ । गएको २४ घन्टामा यहाँ ३८८ जना संक्रमित थपिएका हुन् । उनीहरूमध्ये केही विदेशबाट आएका व्यक्ति हुन् । यसैगरी यहाँ पछिल्लो २४ घन्टामा आठ जना व्यक्तिको मृत्यु भएको छ । योसँगै कोरियामा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या एक हजार ६ सय २७ जना पुगेको छ ।
दक्षिण कोरिया सरकारले कोरोना भाइरस संक्रमण रोक्न प्रभावकारी काम गरेको भन्दै शुरूका दिनहरुमा यहाँ यो भाइरसको संक्रमण बढेको थिएन । पछिल्ला हप्ताहरुयमा यहाँ यो भाइरसको संक्रमण बढेको भए पनि पछिल्ला केही दिनमा भने कम भएको देखिएको छ ।
दक्षिण कोरियाका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार कोरोना संक्रमितमध्ये १.७८ प्रतिशतको ज्यान गएको बताइएको छ । यहाँको सरकारले करिब ७० लाख नागरिकमा कोभिड संक्रमणको परीक्षण (पिसिआर) गराएको जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण