आणविक निकासका लागि जर्मनीले उर्जा कम्पनीलाई २.४ अर्ब यूरो क्षतिपूर्ति दिने
शुक्रबार, २१ फागुन २०७७, २२ : ३४
एजेन्सी । जर्मनीले ऊर्जा कम्पनीहरूलाई २.४ अर्ब युरो बराबरको क्षतिपूर्ति दिने घोषणा शुक्रबार गरेको छ । जर्मनीले सन् २०२२ सम्म आफ्ना उर्जा कम्पनीहरूमा आणविक उर्जाको प्रयोगलाई अन्त्य गर्ने कार्यक्रमबीच उक्त घोषणा गरेको हो ।
“यस प्रयोजनका लागि सरकारले उर्जा कम्पनीहरूमा आणविक प्रयोगलाई निरूत्साहन गर्न इएनबीडब्ल्यू र ईओओएन / प्रेउसेन इलेक्ट्रा, आरडब्ल्यूई र भट्टेनफालसँग सम्झौता गरेको छ,” जर्मनीको वातावरण, वित्त र अर्थव्यवस्था मन्त्रालयहरूले संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।
उर्जा उत्पादनमा प्रयोग भएको आणविक कार्यक्रमका कारण विश्वव्यापी जलवायु परिवर्तनमा प्रभाव पर्ने भन्दै नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले दिएको सहस्राब्दी लक्ष्य पूरा गर्न जर्मनीले अग्रसरता देखाउँदै यो कार्यक्रमको घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण