मुकेश अम्बानीको घरबाहिर बरामद शंकास्पद गाडीका मालिकको शव फेला
एजेन्सी । केही दिनअघि भारतीय उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर नजिकै विष्फोटक पदार्थ(जिलेटिन) ले भरिएको स्कारपियो गाडीको मालिकको शव फेला परेको छ । भारतीय प्रहरीका अनुसार मनसुख हिरेन नामक व्यक्तिले आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो ।
यद्यपि महाराष्ट्रका गृहमन्त्री नील देशमुखकाअनुसार कारका मालिक साम मुटेन नामका व्यक्ति भएको र उनले मनसुख हिरेनलाई कार मर्मत गर्न सुम्पिएका थिए । कार मर्मत गरिएको पैसा भुक्तान नगरेपछि हिरेनले सो कार आफुले राखेको गृहमन्त्रीको भनाई थियो । हिरेनको शव भेटिएको भारतीय प्रहरीको भनाई उदृत गर्दै अमर उजालाले लेखेको छ ।
गृहमन्त्री देशमुखले कार कसको हो भन्ने विषयको मुद्दामा पनि छानविन गर्न निर्देशन दिइएको बताए । फेबु्रअरी २५ का दिन उद्योगपति अम्बानीको घरबाहिर २० वटा जिलेटिनसहित सो स्कारपियो कार बरामद गरिएको थियो । यद्यपि, त्यहाँ भेटिएको जिलेटिन सैन्य ग्रेड जिलेटिन नभएको प्रहरीले बताउँदै आएको छ । यस घटनापछि मुकेश अम्बानीको निवास बाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण