मुकेश अम्बानीको घरबाहिर बरामद शंकास्पद गाडीका मालिकको शव फेला
एजेन्सी । केही दिनअघि भारतीय उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर नजिकै विष्फोटक पदार्थ(जिलेटिन) ले भरिएको स्कारपियो गाडीको मालिकको शव फेला परेको छ । भारतीय प्रहरीका अनुसार मनसुख हिरेन नामक व्यक्तिले आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो ।
यद्यपि महाराष्ट्रका गृहमन्त्री नील देशमुखकाअनुसार कारका मालिक साम मुटेन नामका व्यक्ति भएको र उनले मनसुख हिरेनलाई कार मर्मत गर्न सुम्पिएका थिए । कार मर्मत गरिएको पैसा भुक्तान नगरेपछि हिरेनले सो कार आफुले राखेको गृहमन्त्रीको भनाई थियो । हिरेनको शव भेटिएको भारतीय प्रहरीको भनाई उदृत गर्दै अमर उजालाले लेखेको छ ।
गृहमन्त्री देशमुखले कार कसको हो भन्ने विषयको मुद्दामा पनि छानविन गर्न निर्देशन दिइएको बताए । फेबु्रअरी २५ का दिन उद्योगपति अम्बानीको घरबाहिर २० वटा जिलेटिनसहित सो स्कारपियो कार बरामद गरिएको थियो । यद्यपि, त्यहाँ भेटिएको जिलेटिन सैन्य ग्रेड जिलेटिन नभएको प्रहरीले बताउँदै आएको छ । यस घटनापछि मुकेश अम्बानीको निवास बाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई