रोहन श्रेष्ठको जन्मदिनमा पुगिन् श्रद्धा कपुर, अफेयरको छ चर्चा
नेपाली मूलका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठ र बलिउड नायिका श्रद्धा कपुरको अफेयरको चर्चा लामो समयदेखि रहँदै आएको छ । पहिला त उनीहरुले आफ्नो सम्बन्धलाई निकै कडा तरिकाले लुकाउने गर्दथे भने पछिल्ला केही समयदेखि यी दुईलाई सँगै देखिन थालिएको छ । केही दिन अघि रोहन श्रद्धाको ३४ औं जन्मदिनमा उपस्थित भएका थिए भने शनिबार श्रद्धा रोहनको जन्मदिनमा पुगेकी थिइन् ।
रोहनको जन्मदिनमा पुगिन् श्रद्धाः
मुम्बईको वर्लीस्थित बास्टियन रेष्टुरेन्टमा रोहन श्रेष्ठ र श्रद्धा कपुरले सँगै डिनर गरे । यो बर्थडे सेलिब्रेशनमा नायक रणवीर सिंह पनि पुगेका थिए । यी तीनजना रेष्टुरेन्टबाट निस्किरहेको भिडियो सार्वजनिक भएको छ ।
माल्दिभ्समा श्रद्धासँग थिए रोहनः
स्मरण रहोस्, हालै श्रद्धा कपुरले आफ्नो जन्मदिन कथित प्रेमी रोहन श्रेष्ठ र परिवारसँग मनाएकी थिइन् । श्रद्धाको जन्मदिनको पार्टीका थुप्रै फोटो र भिडियो सार्वजनिक भएको थियो जसमा श्रद्धा रोहनसँग नाच्दै केक काटिरहेको देखिएकी थिइन् । यसबाहेक सोसल मिडियामा भाइरस तस्बिर र भिडियोमा श्रद्धा र रोहनलाई रोमान्टिक भएको पनि देखिएको थियो ।
श्रद्धा कपुर पछिल्लो केही समयदेखि आफ्नो नीजि जीवनबारे चर्चामा छाउने गरेकी छिन् । रोहन श्रेष्ठसँग उनको विवाहको खबर पनि बारम्बार आइरहन्छ । यद्यपि, यी दुईले यसबारे अहिलेसम्म यसबारे मुख खोलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण