मुकेश अम्बानीको घर बाहिर भेटिएको कारका मालिकको मृत्यु, थप गहिरियो मामिला
२५ फेब्रुअरीमा जेलेटिन स्टिक्सले भरिएको एउटा स्कोर्पियो कार भारतका उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर बाहिर भेटियो । केही दिन पछि यो कारका मालिक मनसुख हिरेनको शव ठाणेमा भेटियो ।
शुक्रबार मनसुख हिरेनको शव ठाणे प्रहरीले रेती बन्दरगाहको किनारामा भेटिएको थियो । उनको मृत्युपछि मुकेश अम्बानीको घर बाहिर बिस्फोटक भेटिएको मामिला अब थप गहिरिएको छ ।
कहाँ भेटियो मनसुख हिरेनको शव ?
प्रहरीका अनुसार मनसुख हिरेनको शव सानो नदीमा ५०–६० फिट मुनीबाट बरामद गरिएको हो । शवलाई क्रेनको मद्दतले बाहिर निकालिएको हो ।
प्रहरीले भन्यो, ‘शरीरमा असाध्यै फोहोर थियो । शवको अनुहार ढाकिएको थियो । अनुहारमा तीन–चारवटा रुमाल थिए । यी रुमाललाई प्रहरीले सिज गरेको छ ।’
अहिलेसम्म फोरेन्सिक रिपोर्ट आइसकेको छैन । प्रहरीलाई शंका छ कि शवलाई पानीभित्र तानेर ल्याइएको हो ।
मेरा श्रीमान् आत्महत्या गर्न सक्दैनन्ः विमला हिरेन
एकातिर यो घटनाले राजनीतिक मोड लिएको छ भने अर्कोतर्फ हिरेनको मृत्युका कारणबारे प्रश्न उठिरहेको छ ।
यसैबीच उनकी श्रीमती विमला हिरेनले एक पत्रकार सम्मेलनको आयोजना गरेका छन् जसमा उनले मनसुख हिरेनले आत्महत्या गर्न नसक्ने बताएकी छिन् ।
विमला हिरेनले मिडियासँग भनिन्, ‘यो घटनाको चौतर्फी अनुसन्धान हुनुपर्छ । वास्तविकता सार्वजनिक गर्नुपर्छ । हाम्रो पूरा परिवार विचल्लीमा परेको छ ।’
विमला हिरेनले भनिन्, ‘प्रहरीले उनीसँग लगातार सोधपुछ गरिरहेका थिए । उनी दिनभरी त्यहाँ नै थिए । उनले प्रहरीलाई पूर्ण सहयोग गरिरहेका थिए । उनलाई मार्च ४ मा बोलाइएको थियो तर उनी फिर्ता भएनन् । उनको फोन राती १० बजेदेखि बन्द भएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण