निजगढका १९ वर्षीय किशोरको हत्या : सीसीटिभी फुटेजको आधारमा आरोपी रौतहटबाट पक्राउ
रौतहट । रौतहटको सिमानासँगै जोडिएको बाराको निजगढमा १७ वर्षीय किशोरको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । निजगढ नगरपालिका–९ घर भएका १९ वषीय रोहित शर्माको सोमबार राति आफ्नै घरमा घांटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका वडा. नम्र ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० वर्षका अरुण कुमार साहलाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मृतक शर्मा हत्या गरेर उनको घरबाट साह मङ्गलबार बिहान साढे चार बजेको समयमा मोटरसाइकलमा निस्केको सीसीटिभी फुटेजमा देखिएपछि निजगढ प्रहरी बिहानै चन्द्रनिगाहपुर आएको थियो । हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र उनले हत्या आफैले गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख ईन्स्पेक्टर विकास थपलियाले जानकारी दिएकाछन् ।
जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता डिएसपी गौतम मिश्र सहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले ओतपोत भएको कपडा र मोटरसाइकलसहित साहलाई पक्राउ गरेको हो । हत्याको कारणको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता गौतम मिश्रले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण