जसपा र माअोवादी केन्द्रबीच मिलेन कुरा
बुधबार, २६ फागुन २०७७, १९ : २०
काठमाडौं । सत्ता समीकरणका लागि जनता समाजवादी पार्टी र नेकपा माओवादीबीच छलफल भएको छ । तर सो छलफलमा कुनै कुरामा सहमति नभएको बताइएको छ । जसपा नेपालका नेताहरुले आफूहरुले मात्र सहयोग गरेर माओवादी केन्द्रको नेतृत्वमा सरकार नबन्ने भएकाले पहिला काँग्रेससँग कुरा मिलाउन सुझाव दिएको जसपा नेपालका एक नेताले बताए ।
यसपाली आफूहरुको माग पूरा भए मात्र सरकारमा कसैलाई सहयोग गर्ने कुरा राखेर छलफललाई निरन्तरता दिने सहमति गर्दै पेरिडाँडाबाट नेताहरु निस्किएका छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतको विषयमा आफ्नो पार्टी सुरुदेखि नै सकारात्मक रहेको र त्यसका लागि पटक पटक प्रयास पनि गरेको तर एमालेले हुन नदिएको कुरा जसपाका नेताहरुलाई स्मरण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण