सुत्केरी भएको १६ दिनपछि काममा फिर्ता भइन् करिना, सेयर गरिन् तस्बिर
करिना कपुरले हालै दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । उनले गर्भावस्थाको अन्तिमसम्म काम गरेकी थिइन् र अब सुत्केरी भएको १६ दिनपछि उनी काममा फिर्ता भएकी छिन् । उनले आफ्नो वर्क लोकेशनको फोटो सेयर गरेर यसको जानकारी दिएकी छिन् ।
करिनाले आफ्नो मेकअप म्यानको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘आज उनी काममा छन् । यस्तै दोस्रो तस्बिरमा करिनाले मेकअपपछि आफ्नो सेल्फी साझा गरेकी छिन् । यसबाहेक उनले आफू मेकअप चेयरमा बसेको फोटो पनि सेयर गरेकी छिन् ।

महिला दिवसमा साझा गरेकी थिइन् छोराको फोटोः
स्मरण रहोस्, करिना र सैफ अली खानले २१ फेब्रुअरीमा आफ्नो दोस्रो सन्तान जन्मिएको घोषणा गरेका थिए । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा सैफले भनेका थिए, ‘दुबै आमा र बच्चा सुरक्षित छन् । तपाईंहरु सबैको प्रेम र बधाईका लागि मनैदेखि धन्यवाद । ’
करिनाले महिला दिवसमा आफ्नो कान्छो छोराको झलक इन्स्टाग्राममा साझा गरेकी थिइन् ।
गर्भावस्थामा पनि काम गरिरहिन्ः
गर्भावस्थाका बेला पनि करिना निकै सक्रिय देखिएकी थिइन् । उनी विज्ञापन र प्रोमोशनल भिडियोमा व्यस्त थियन् । उनले गर्भावस्थामा हुँदा पनि आफ्नो रेडियो शो ह्वाट वुमन वान्ट पनि जारी राखेकी थिइन् । फिल्मको कुरा गर्नुपर्दा करिना, आमिर खानसँग फिल्म लाल सिंह चड्डामा देखिनेछिन् । यो फिल्म सन् २०२१ को क्रिसमसमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण