आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सोनू सूदमाथि भारी पर्यो महाशिवरात्रिको ट्वीटः प्रयोगकर्ताले इदको पोस्ट साझा गरेर सोधे, ‘त्यतिबेला कहाँ थियो ज्ञान ?’

शुक्रबार, २८ फागुन २०७७, १४ : ११
शुक्रबार, २८ फागुन २०७७

बलिउड अभिनेता सोनू सूदले महाशिवरात्रिमाथि एक ट्वीट गरे जुन मानिसहरुलाई फिटिक्कै मन परेन । त्यसपछि ट्वीटरमा  #WhoTheHellAreUSonuSood​ ह्याशट्याग ट्रेन्ड भइरहेको छ ।

सोनू सूदले ट्वीटमा लेखेका थिए, ‘शिव भगवानको फोटो फरवर्ड गरेर होइन, कसैको मद्दत गरेर महाशिवरात्रि मनाउनुहोस् ।’

उनको यो ट्वीट धेरैलाई मन परेन जसका कारण धेरै मानिसहरुले उनलाई तथानाम भनेका छन् ।

उनको यो ट्वीटमा सोसल मिडिया प्रयोगकर्ता भड्किएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो अपिल आफ्नो फिल्मको रिलिज अघि पनि गर्ने गर्नुहोस्, मेरो फिल्मको टिकटमा पैसा बर्बाद गरेर होइन, कुनै गरिबलाई रोटी खुवाएर पुण्य कमाउनुहोस् ।’

यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो ज्ञान इदमा किन दिनुभएको थिएन सर ?’

यस्तै एक अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘मद्दत गर्नु त ठिक हो तर फोटो फरवर्ड गर्नका लागि निकै अस्विकार ?’

यद्यपि, ट्रोल भएपछि सोनू सूदले एक प्रयोगकर्ताको ट्वीटमाथि प्रतिक्रिया दिँदै लेखेका छन्, ‘यति सानो कुरा थियो । हर हर महादेव ।’

यो पोस्टमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘सर तपाईंले भनेपछि भाडाको कोठामा बस्ने दृष्टिविहिन दम्पत्तिलाई दुई महिनाका लागि राशन, पसलमा उनका बाँकी भएको पैसा तिरेर सेवा कार्यसहित शिवरात्रिको पवित्र पर्व मनाइयो । ’

स्मरण रहोस्, बलिउड अभिनेता सोनू सूद केही समयदेखि आवश्यकतामा परेका मानिसहरुको लगातार मद्दत गरिरहेका छन् । यसका लागि उनले सोसल मिडियाको पनि सहारा लिए । थुप्रै मानिसहरुले उनलाई आफ्ना समस्याबारे जानकारी दिने गर्छन् र सोनू हरेक जायज मागका लागि मद्दत पुर्याउने कोसिस गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप