२.५ करोड पाउन्डसम्मको अफर आए रोनाल्डोलाई युभेन्टसले बेच्ने
इटालियन महारथी युभेन्टसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेच्ने तयारी गरेको छ । बेलायती पत्रिका डेली मेलका अनुसार च्याम्पियन्स लिगबाट अन्तिम १६ बाट नै बाहिरिएपछि टोलीले रोनाल्डोलाई बेच्ने तयारी गरेको हो । २५ मिलियिन पाउन्डसम्मको अफर आए रोनाल्डोलाई बेच्न युभे तयार रहेको बताइएको छ ।
३६ वर्षीय पोर्चुगिज खेलाडी सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्टस पुगेका थिए । रोनाल्डोको आगमनले इटालियन टोलीलाई लामो समयदेखि टाढा बनेको च्याम्पियन्स लिगको उपाधि दिलाउने टोलीले आशा गरेको थियो । तर, रोनाल्डोको आगमनपछि टोलीको च्याम्पियन्स लिगमा प्रदर्शन झनै खस्किएको छ । पछिल्ला तीन सिजनमा टोली क्वार्टरफाइनलभन्दा पर पुग्न सकेको छैन ।
३६ वर्षको उमेरमा युभेका लागि रोनाल्डो महँगो साबित बनेका छन् । वार्षिक रुपमा उनले २.८ करोड पाउन्ड तलब खान्छन् जसले गर्दा अन्य खेलाडी तथा क्लबको आर्थिक अवस्थामाथि यसको प्रभाव परेको छ ।
इटालियन मिडियाहरुका अनुसार रोनाल्डोलाई बेच्ने खबर सँगै पेरिस सेन्ट जर्मेन पाँच पटकका बालोन डिओर विजेतालाई क्लबमा भित्र्याउन इच्छुक देखिएको छ । रोनाल्डोको युभेन्टससँगको करार सन् २०२२ को जुनमा सकिदैछ र क्लबले करार सम्झौता नवीकरणका लागि कुनै चासो देखाएको छैन ।
स्रोतः डेली मेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण