मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु
आइतबार, ०१ चैत २०७७, १९ : ५७
भोजपुर । मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो ।
शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण