ह्याट्रिकसँगै रोनाल्डोले पेलेको सर्वाधिक गोलको कीर्तिमानलाई उछिने
आधिकारिक खेलहरुमा सर्वाधिक गोलको आफ्नो कीर्तिमान भंग गरेपछि ब्राजिलका महान् खेलाडी पेलेले युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । इटालियन सिरिए ए अन्तरगतको खेलमा काग्लियारीविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले सो कीर्तिमान भङ्ग गरेका हुन् ।
आइतबार भएको खेलको शुरुवाती ३२ मिनेटमा तीन गोल गर्दै रोनाल्डोले आफ्नो करियरको कूल गोलसंख्या ७७० पुर्याए । यो पेलेको ७६७ गोलभन्दा ३ गोलले बढी हो ।
खेलपछि पेलेले सामाजिक सञ्जाल इन्सटाग्राममा पोष्ट गर्दै रोनाल्डोको प्रशंसासहित आफ्नो कीर्तिमान भंग गरेकोमा बधाइ दिए ।
पेलेले बधाइ दिएपछि रोनाल्डोले पनि इन्सटाग्राममा पेलेको प्रशंसा गर्दै पहिलो पटक कीर्तिमानबारे मुख खेलेका छन् ।
यद्यपि, पेलेको यो कीर्तिमान पनि विवादमा रहेको छ । चेक फुटबल एशोसिएसनले अस्ट्रिया र चेकोस्लोभाकियाका पूर्व स्ट्राइकर जोसेफ बिकानले ८२१ गोल गरेको दाबी गर्दै आएको छ । यद्यपि, रेक.स्पोर्ट.सकर.स्टाटेस्टिक फाउन्डेसनको रेकर्ड अनुसार बिकानले ८०५ गोल गरेका थिए । तर, यसमध्ये २७ गोल र्यापिड भियानाको रिजर्भ र एमेचुअर टोलीका लागि र अन्य थप केही गोल आधिकारिक नमानिएका अन्तर्राष्ट्रिय खेलहरुमा गोल गरेका थिए । त्यसैले उनको आधिकारिक गोल संख्या ७५९ गोल मानिएको छ ।
जीतसँगै लिगको तेस्रो स्थानमा रहेको युभेन्टसले शीर्ष स्थानमा रहेको इन्टर मिलानमाथि दबाब कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण