पोखरामा कालीप्रसादको कन्सर्ट
मङ्गलबार, ०३ चैत २०७७, १७ : २०
काठमाडौँ । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले पोखराबासी नचाउने भएका छन् । बुधबार साँझ पोखरास्थित किङ्स लाउञ्जमा आयोजना हुने कन्सर्टमा उनले आफ्ना गीत संगीत मार्फत पोखरावासी नचाउने भएका हुन् ।
पोजेटिभ भाइब्स र किङ लाउञ्जले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा कालीप्रसाद व्याण्डसहित प्रस्तुत हुन लागेका हुन् । झण्डै दुई वर्षपछि व्याण्डसँग सांगीतिक प्रस्तुति आफुले दिन लागेको गायक कालीप्रसादले बताए । ‘कोभिड महामारीपछि यो मेरो पहिलो कन्सर्ट हो’, कालीप्रसादले भने ।
‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘नीर कहिले रिसाउने’, ‘साइँली’, ‘हेराइका तालहरुमा’, ‘लप्पन छप्पन’ लगायतका झण्डै एक दर्जन बढी गीत आफुले कार्यक्रममा राख्ने कालीप्रसाद सुनाए ।
कन्सर्टमा कालीप्रसादको अलवा पोखराका स्थानीय कलाकारको समेत प्रस्तुति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण