मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

पोखरामा कालीप्रसादको कन्सर्ट

मङ्गलबार, ०३ चैत २०७७, १७ : २०
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौँ । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले पोखराबासी नचाउने भएका छन् । बुधबार साँझ पोखरास्थित किङ्स लाउञ्जमा आयोजना हुने कन्सर्टमा उनले आफ्ना गीत संगीत मार्फत पोखरावासी नचाउने भएका हुन् ।
पोजेटिभ भाइब्स र किङ लाउञ्जले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा कालीप्रसाद व्याण्डसहित प्रस्तुत हुन लागेका हुन् । झण्डै दुई वर्षपछि व्याण्डसँग सांगीतिक प्रस्तुति आफुले दिन लागेको गायक कालीप्रसादले बताए । ‘कोभिड महामारीपछि यो मेरो पहिलो कन्सर्ट हो’, कालीप्रसादले भने ।

‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘नीर कहिले रिसाउने’, ‘साइँली’, ‘हेराइका तालहरुमा’, ‘लप्पन छप्पन’ लगायतका झण्डै एक दर्जन बढी गीत आफुले कार्यक्रममा राख्ने कालीप्रसाद सुनाए ।
कन्सर्टमा कालीप्रसादको अलवा पोखराका स्थानीय कलाकारको समेत प्रस्तुति रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप