बेलायतमा घट्दै कोरोनाका मृतक, एस्ट्राजेनिका खोप सुरक्षित रहेको ठहर
लन्डन । बेलायतमा कोरोनाका कारण हुने मृतक संख्या ओरालो लाग्ने क्रम निरन्तर जारी छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बिहीबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ९२६ पुगेको छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ३०३ जना नयां संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४२ लाख ८० हजार ८८२ पुगेको छ । बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ७ हजार २१८ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ९६८ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ४२६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।
दुई करोड ७६ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म दुई करोड ७६ लाख भन्दा बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ । बिहीबारसम्मको तथ्याँक अनुसार कोरोना विरुद्धको खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ७६ लाख १४ हजार ५२६ पुगेको छ ।
कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ५७ लाख ३५ हजार ४७२ जनाले खोपको पहिलो डोज लिएका छन् भने १८ लाख ७९ हजार ५४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
एस्ट्राजेनिका खोप सुरक्षित रहेको ठहर
बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका कम्पनीद्वारा निर्मित कोभिडविरुद्धको खोप सुरक्षित रहेको यूके र युरोपियन नियामक निकायले आज पुष्टि गरेको छ । अक्सफोर्ड एस्ट्राजेनिका खोपको ’साइड इफेक्ट’ का कारण ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने रोग सम्बन्धि कुनै आधार नभेटिएको भर्खरै गरिएको समिक्षाबाट प्रमाणित भएको हो ।
यूके तथा युरोपको नियामक निकाय एमएचआरए र ईएमएले खोपलाई निर्धक्कसाथ प्रयोग गर्न सुझाव दिएको छ । तर, खोपका कारण चार दिन भन्दा बढी समय टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, पेट तथा छाती दुख्ने, पाखुरा तथा खुट्टा सुन्निने जस्ता समस्या रहेमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिन आग्रह गरिएको छ ।
अक्सफोर्ड एस्ट्राजेनिका खोपको ’साइड इफेक्ट’ का रुपमा रगत जम्ने समस्या देखिएको कारण देखाउँदै विश्वका एक दर्जनभन्दा बढी देशले यसको वितरण कार्य स्थगित गरेका छन् ।तर विश्व स्वास्थ्य संगठन र युरोपेली मेडिसिन रेगुलेटर एजेन्सीले भने अक्सफोर्ड खोप र रगत जम्ने समस्याका बीच कुनै सम्बन्ध नदेखिएको बताउँदै आएको छ ।
खोपको निर्माता कम्पनीले पनि बेलायतमा यो खोप लिने १ करोड ७० लाख बढी मानिसमध्ये रगत जम्ने समस्या देखिएका ४० भन्दा कम रहेको भन्दै खोपबारे आशंका नगर्न आव्हान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण