बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा आगलागी, २० गाई जले

शुक्रबार, ०६ चैत २०७७, १६ : ०२
शुक्रबार, ०६ चैत २०७७

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी  २० गाई जलेर मरेका छन् ।   गाउँपालिका अन्तर्गतका कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सो फार्ममा ६० मध्ये ती गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  । तीमध्ये १० गाई घाइते र ३०  हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताए । आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ  । सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन् ।  उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप