पूजा बेदीलाई ३० वर्षपछि पुनः याद आयो कण्डम विज्ञापनको आफ्नो फोटोसुट
बलिउड नायिका पूजा बेदी आफ्नो हटनेसका लागि सधैं चर्चामा हुने गर्छिन् । उनलाई थुप्रै टेलिभिजनको विज्ञापनमा पनि देखिएको छ जसमा उनका त्यस्ता केही विज्ञापन पनि रहेका छन् जसले सनीसनीमात्रै मच्चाएनन् निकै बबाल पनि निम्तियो ।
पूजा बेदीलाई आफ्नो यस्तै एउटा विज्ञापन आज पुनः ३० वर्षपछि याद आयो । सन् १९९१ मा नायिकाले कण्डमको विज्ञापन गरेकी थिइन् जुन निकै विवादमा रह्यो । अब ३० वर्षपछि पूजाले यी तस्बिर पुनः साझा गरेकी छिन् र यी तस्बिरलाई कमालको तस्बिर बताएकी छिन् ।
पूजा बेदीले आफ्नो इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरमा पूजासँग मार्क रोबिनसन देखिएका छन् । यी तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘भगवान ! सन् १९९१ मा कामसूत्र कण्डमका लागि प्रबुद्ध गुप्ताद्वारा मेरो सुटमा केही कमालका तस्बिर खिचिएको थियो ।’ आफ्नो पोस्टमा पूजा बेदीले गौतम सिंघानियालाई पनि ट्याग गरेकी छिन् ।
पूजा र मार्कले यो विज्ञापन एउटा कण्डम कम्पनीका लागि गरेका थिए । सन् १९९१ मा यसलाई निकै बोल्ड मान्दै दूरदर्शनमा प्रतिबन्ध गरिएको थियो । पूजाको यो तस्बिर सोसल मिडियामा पुनः एकपटक चर्चाको विषय बनेको छ । केही सोसल मिडिया प्रयोगकर्ताले पूजा बेदीको निकै तारिफ गरिरहेका छन् भने केही सोसल मिडिया प्रयोगकर्तालाई यो तस्बिर फिटिक्कै मन परेको छैन ।
यो विज्ञापनबारे एकपटक उनले भनेकी थिइन्, ‘जसरी यो फोटोसुट गरिएको थियो, यो निकै नै अचम्म तरिकाले प्रभावकारी रह्यो । हामीले यो विज्ञापनलाई गोवामा सुट गरेका थियौं । जब मैले यो विज्ञापन साइन गरेको थिएँ तब मलाई म शावरमा हुनुपर्ने र मार्क रोबिनसन नाउमा बसिरहेको हुने बताइएको थियो । म यी सबै गर्नमा निकै सहज थिइन् । तर जब म स्टुडियोमा पुगेँ तब मैले देखेँ कि मार्क पहिले नै त्यहाँ उपस्थित थिए । मैले त्यसपछि मार्क स्टुडियोमा के गरिरहेका छन् भनेर सोधेँ ? त्यसपछि मलाई थाहा भयो कि यो विज्ञापनमा उनले मसँगै शावर लिइरहेको देखाउनु पर्दथ्यो । मैले मार्कमाथि ह्यान्ड शावर प्रयोग गर्नुपर्ने बताइयो । यो सुनेर म पूर्ण रुपमा अचम्मित भएँ । यद्यपि, मलाई यसो गर्न कुनै आपत्ति भने थिएन ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण