बेन्जेमाको दुई गोलमा रियल विजयी
करिम बेन्जेमाले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेको छ । बेन्जेमाले लगातार छैटौँ खेलमा गोल गर्न सफल भएका हुन् ।
फ्रेन्च स्ट्राइकरका दुवै गोलका लागि जर्मन मिडफिल्डर टोनी क्रुसले एसिस्ट गरेका थिए । जीतसँगै रियल चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई उछिन्दै लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
खेलको २० औँ मिनेटमा बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि उनले अग्रता दोब्बर बनाए । तर, ४० औँ मिनेटमा सान्टी मिनाको शक्तिशाली हेडरको मद्दतले सेल्टाले एक गोल फर्काउन सफल रह्यो । दोस्रो हाफमा सेल्टाले रियलमाथि दबाब बनाए पनि गोल गर्नबाट भने चुक्यो । खेलको इन्जुरी समयमा मार्को असेन्सियो गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।
२८ खेलपछि रियलको ६० अंक रहेको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले एक खेल कम खेल्दै ६३ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको बार्सिलोना रियलभन्दा एक अंकले पछि रहेको छ । तर, उसले पनि एक खेल कम खेलेको छ ।
शनिबार नै भएका अन्य खेलमा रियल भालाडोलिड र सेभिया, एथ्लेटिक बिल्बाओ र इबार र हुएस्का र ओसासुनाले बराबरी खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण