बेन्जेमाको दुई गोलमा रियल विजयी

करिम बेन्जेमाले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेको छ । बेन्जेमाले लगातार छैटौँ खेलमा गोल गर्न सफल भएका हुन् ।
फ्रेन्च स्ट्राइकरका दुवै गोलका लागि जर्मन मिडफिल्डर टोनी क्रुसले एसिस्ट गरेका थिए । जीतसँगै रियल चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई उछिन्दै लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
खेलको २० औँ मिनेटमा बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि उनले अग्रता दोब्बर बनाए । तर, ४० औँ मिनेटमा सान्टी मिनाको शक्तिशाली हेडरको मद्दतले सेल्टाले एक गोल फर्काउन सफल रह्यो । दोस्रो हाफमा सेल्टाले रियलमाथि दबाब बनाए पनि गोल गर्नबाट भने चुक्यो । खेलको इन्जुरी समयमा मार्को असेन्सियो गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।
२८ खेलपछि रियलको ६० अंक रहेको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले एक खेल कम खेल्दै ६३ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको बार्सिलोना रियलभन्दा एक अंकले पछि रहेको छ । तर, उसले पनि एक खेल कम खेलेको छ ।
शनिबार नै भएका अन्य खेलमा रियल भालाडोलिड र सेभिया, एथ्लेटिक बिल्बाओ र इबार र हुएस्का र ओसासुनाले बराबरी खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको एउटा कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...
-
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त