स्पष्टीकरण सोधेका नेताहरुको जवाफ पर्खेका छौं: मन्त्री श्रेष्ठ
ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन् । उनले सबैभन्दा ठुलो पार्टी एमाले भएकोले सबै दल मिलेर हटाउन नसक्ने चेतावनी दिएका हुन् ।
‘म यो चेतावनी दिन चाहन्छु कि एमालेबाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबैभन्दा पावर फुल सरकार यही हो यसलाई कसैले हटाउन सक्दैन’उनको भनाई थियो ।
ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले चुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी हुने दाबी गरे । उनले पार्टीको पार्टीको विधान विपरीत गुटको भेला गरेका कारण वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको स्पष्ट पारे ।
उनले भने, ‘एमाले भएर पार्टी अध्यक्ष माथिनै कारवाही गर्ने चलखेल गर्छ भने उनीहरुमाथि स्पष्टीकरण नसोधे के गर्ने ? अब कारबाही प्रकृया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भएअनुसार अघि बढाइनेछ ।’
उनले भने–‘स्पष्टीकरण सोधेका नेताहरुको जवाफ पर्खेका छौ, उचित समयमा विधानअनुसार कारबाही प्रकृया अघि बढाइनेछ ।’ मन्त्री श्रेष्ठले पार्टीभित्र अराजक प्रकृति बढेकोले कारबाही प्रकृया अघि बढाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण